१७ बैशाख २०८१, सोमबार

गुल्मी–२ को मतगणना ४ बजेदेखि 

गुल्मी । गुल्मी–२ को मतगणना ४ बजेदेखि हुनेभएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा बिहान ११ बजेदेखि बसेको सर्वदलीय बैठकले ४ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए । 

मतगणना जिल्ला सदरमुकाम तम्घासको रेसुङ्गा बहुमुखी क्याम्पसमा गरिने उनले धरातल अनलाईनलाई बताए । एकपटकमा प्रतिनिधि सभातर्फ वडा र प्रदेश सभातर्फका वडा गरी तीन वटा स्थानमा मतगणना गरिने पौडेलले बताए ।

यस क्षेत्रमा १ लाख ४ हजार ३२७ मतदाता मध्ये ५८ हजार ७७३ मत खसेको थियो । यहाँ नेकपा एमालेका गोकर्ण बिष्ट र सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

जिल्लाको क्षेत्र नम्बर १ मा भने कालीगण्डकी गाउँपालिकाको भगवती माविमा स्थगित भएको मतदान मंगलबार मतदानपछि मतगणना हुनेछ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्