१७ बैशाख २०८१, सोमबार

गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ घाइते

फाईल तस्विर

गुल्मी । गुल्मीमा जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा बुधबार राति साढे २ बजे दुर्घटनामा परेको थियो ।

दुर्घटनामा सत्यवती गाउँपालिका–३ का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापती, २५ वर्षका मिलन तरामु र ४३ वर्षकी जमुना सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव खरेलले धरातल अनलाईनलाई जानकारी दिए ।

उनका अनुसार सत्यवती–३ का ३३ वर्षका कार्बोलिन सोमै, ३२ वर्षका चेतमान सिङ्जाली, ४९ वर्षका गिरबहादुर राहादी र खण्डन सोमै घाईते भएका छन । उनीहरुको पाल्पामा उपचार भईरहेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्