३१ बैशाख २०८१, सोमबार

बालबच्चालाई अर्गानिक उत्पादनको खाना खुवाउन स्वास्थ्यकर्मिको अनुरोध

बागलुङ । पुषको पारिलो घाम । घरको आगन वरिपरि ६ देखि ५९ महिना उमेर समुहका स–साना केटाकेटी । विचमा नाङ्गलोभरि राखिएका पोषणयुत्त खानेकुरा । संगै तिनै केटाकेटीे लागि नजिकै चुलोमा केहि पाक्दै थियो । 

केटाकेटीका आमा, बुबा र गर्भअवस्थाका आमा पनि सोहि ठाँउमा भेला थिए । र बिचमा स्वास्थकर्मिलाई घेरेर बसेका थिय भने उनिहरुलाई स्वास्थयकर्मिले भनेका कुरा चाख मानेर सुनिरहेका थिए ।

पुषको जोडो र पारिलो घाममा बडिगाड २ को दनियाँ टोलमा आधारभुत स्वास्थ्य सेवा केन्द्र खर्वाङका स्वास्थ्यकर्मिले भेला भएका गर्वअवस्था र सुत्केरी गरि सहभागि ४० जनालाई मातृपोषण, बाल पोषण, खाद्य विविधीकरण, गर्भावस्थामा र सुत्केरी अवस्थामा पोषण यसको महत्व, पोषण–नाङ्लो प्रदर्शन, हरेक बार खाना चार लगाएत्का विषयमा सिकाईरहेका थिए ।

अरुबेला स्वास्थ्य केन्द्रमा हुने कार्यक्रम यो पटक गर्वअवस्था र सुत्केरी आमा संगै कार्यक्रम गाँउमै भएर होला धेरै खुसी देखिन्थे । तर कहिले काँहि मात्रै गाँउमा कार्यक्रम गर्नुभन्दा तालिका नै बनाएरै भएपनि वर्षमा एकपटक टोलटोलमा कार्यक्रम हुनु प्रर्ने स्थानिय सिम्रन रानाले बताईन् ।

“यो कार्यक्रम पहिलो हो ? उनले प्रश्न गर्दै गुनासो पोखिन् आज जस्तै यस्तै कार्यक्रम केहि नभएपनि वर्षमा एक पटक भएपनि गर्नुप्र¥यो । म गर्वअवस्थामा हुदाँ यस्तो कार्यक्रम भएको भए कति खुसी हुन्थे होला । यस्तै कतिजनालाई लागेको होला । त्यसैले एक पटक हैन यस्तो कार्यक्रम समय समयमा हुनुप्र¥यो ।” उनले भनिन् ।

तर आधारभुत स्वास्थ्य सेवा केन्द्र खर्वाङकि अनमी माया विकले समय समयमा स्वास्थ केन्द्रमा कार्यक्रम गर्ने गरिएको भएपनि आमाहरुको उपस्थिीति कम हुने गरेपछि टोलटोलमा गर्वअवस्था र सुत्केरीको संख्या बढि भएको समयमा कार्यक्रम गर्ने गरेको बताईन् ।

“यस्ता कार्यक्रम समय समयमा हामिले केन्द्रमै आयोजना गर्ने गर्दछौ । अब सबैमा घर घरमा गएर सिकाउन/ भन्न सकिदैन त्यहि भएर टोल टोलमा कार्यक्रम गर्ने योजना हाम्रो छ ।” उनले भनिन् ।

सोहि कार्यक्रममा सहभागि बनेकी अनिता राना बलामीले भने टोलमै बालबाच्चालाई खुवाउने तथा खाना बनाउने तरिका संगै स्वास्थकर्मिले उनिहरुको र आफुहरुको स्वास्थ्य परिक्षण गरेकोमा खुसी व्यक्त गरिन् ।

“आवश्यक पोष्णयुक्त खानेकुरा त छोराछोरीलाई खुवाउने प्रयास गरिन्छ । तर कहिले काँहि उनिहरुले खाना खान मान्दैन्न् त्यो बेला कसरी, के खुवाउने भन्ने अझ सजिलो संग बुझ्ने अबसर मिल्यो ।” उनले भनिन् ।

उता आधारभुत स्वास्थ्य सेवा केन्द्र खर्वाङका प्रमुख सुदिप रञ्जन यादवले भने बालबालिकालाई पसलका खानेकुरामा भन्दा गाँउघरमै उत्पादन हुने अर्गानिक खाने कुरा खुवाउन आग्रह गरे । 

“हाम्रो खेतबारीमै उत्पादन भएका साग, दाल, काउलि, सिमि लगाएत दुध, ध्यु, दहि, मासु, अण्डा लगाएतका खाना खुवाउनु प्र¥यो । यादवले भने हामि केटाकेटिले माग्यो, रोयो भनेर पसलका खानेकुरा र मुवाईल दिएर खुवाउन्छौ । त्यो गर्नुभएन । त्यसले बानी विग्रन्छ र स्वास्थ्यमा पनि असर गर्छ ।”

यसैविच सोहि अबसरमा ५६ जनाको निःशुल्क सुगर परिक्षण गरिएकोमा एक १८ महिानाको बच्चा सहित ७ जनामा सुगरको मात्रा बढि देखिएको छ । भने क्षयरोगका शंकास्पद लक्षण देखिएका ३ जनाको खकार परिक्षणको लागि नमुना संकलन गरिएको आधारभुत स्वास्थ्य सेवा केन्द्र खर्वाङका ल्याब असिस्टेन्ट रेखा बलामीले बताईन् । साथै करिब १०० जनाको समेत सोहि अबसरमा रक्तचाप परिक्षण गरिएको उनले सुनाईन । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्