३० बैशाख २०८१, आइतबार

हिउँ खेल्न जाँदा ख्याल गर्नुस यी कुरा !

मौसम बदलीसँगै वर्षा भएपछि देशका विभिन्न स्थानमा हिमपात भएको छ । हिमपात भएसँगै बालबालिका, युवायुवतीका साथै विदेशी पर्यटकहरु हिउँ खेल्न विभिन्न स्थानमा पुगिरहेका छन् । 

तर हिउँ खेल्न जाँदा सुरक्षाका उपाय अपनाउन बिर्सनु भने हुँदैन । तपाईं हिउँ खेलिरहनुभएको छ वा खेल्न जाने सोचमा हुनुहुन्छ भने दुर्घटना र चोटपटकबाट जोगिनका लागि यी कुरा ध्यान दिनुहोस् ।

  • हिउँमा धेरै नै सावधान हुनुपर्छ । आफू कुन ठाउँमा हिँडिरहेको छु, त्यसबारे पनि अवगत हुनुपर्छ । सावधान नभए चिप्लिएर लड्ने सम्भावना बढी रहन्छ । त्यसैले वरिपरिको स्थानबारे थाहा नभइकन हिउँ खेल्न नहिडनुहोस ।
  • हिउँ खेल्न जाँदा सुरक्षित र न्यानो हुनुहोस् । बच्चालाई पनि बाहिर लिएर जाँदै हुनुहुन्छ भने उनीहरुलाई केही खुवाएर लैजानुहोस् । क्यालोरीले उनीहरुको शरीरलाई चिसोमा न्यानो राख्न सहयोग गर्छ ।
  • अनुहारमा सनस्क्रिन पनि लगाउनुहोस् । हिउँ खेल्न जाँदा सनस्क्रिनको कुरा गर्दा थोरै अचम्म पनि लाग्ला तर यसले सूर्यको ८५ प्रतिशत हानिकारक विकिरणबाट जोगाउँछ ।
  • एउटै गम्म परेको लुगा लगाउनुको साटो, धेरैवटा लुगा लगाउनुहोस् । माथिको लुगा पानी वा हिउँले भिजिहाले पनि त्यो फुकालेर भित्रको नभिजेको अर्को लुगामा रहन सक्नुहोस् ।
  • कटनको लुगा लगाउनुको साटो ऊनको वा अन्य कपडाको लुगा लगाउनुहोस् । लामो अण्डरवेयर, हाइनेक, स्वेटर र कोट लगाउन सकिन्छ । धेरै नै चिसो छ भने अरु लुगा पनि थप्न सकिन्छ । न्यानो मोजा वा बुट लगाउनुहोस् । टाउकोलाई टोपीले छोप्नुहोस् ।
  • अत्यधिक चिसोमा धेरै समय नबिताउनुहोस् ।
  • घर गइसकेपछि भिजेका सबै लुगाहरु खोल्नुहोस् । यसले शरीरबाट अतिरिक्त हिट तानिरहेको हुन्छ । असाध्यै चिसो भएका शरीरका भागलाई मनतातो पानीमा डुबाउनुहोस् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्