३० बैशाख २०८१, आइतबार

आजदेखि बडिगाडमा २० दिने वृहत जनस्वास्थ्य अभियान

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा आजदेखि वृहत जनस्वास्थ्य अभियान सुरु भएको छ । २६ गतेसम्म सञ्चालन हुने अभियानको औपचारिक उद्घाटन आइतबार भिमगिठे स्वास्थ्य चौकीमा गरिने गाउँपालिकाले जनाएको छ । 

आइतवारदेखि बुधवारसम्म वृहत स्वास्थ्य परीक्षण गर्ने गरि तयारी गरिएको बडिगाड गाउँपालिकाका जनस्वास्थ्य अधिकृत चुडामणि कँडेलले जानकारी दिए । 

अभियानमा गण्डकी मेडिकल कलेज पोखराका वरिष्ठ चिकित्सक प्रा. डा. तरुण पौडेल नेतृत्वमा १३ जना विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहने गण्डकी मेडिकल कलेजका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. टुमाया घलेले जानकारी दिए ।

टोलीमा मेडिसिन विशेषज्ञ डा. अर्जुन पौडेल, डा. धिरज पौडेल, हाडजोर्नी तथा नशा विशेषज्ञ डा. विवेक अधिकारी, डा. सुमन भट्ट, स्त्री तथा प्रसुती विशेषज्ञ डा. चाँदनी स्याङ्तान लामा, डा. कृशा मास्के, आँखा विशेषज्ञ डा. प्रियङ्का सिंह, डा. रानु मेहेता, नाक, कान, घाँटी विशेषज्ञ डा. आशिष घिमिरे, रेडियोलोजी विशेषज्ञ डा. कपिल थापा, मानसिक तथा स्नायु विशेषज्ञ डा. अच्यूत आचार्य, छाला तथा यौन विशेषज्ञ डा. मेघा देवलगायत स्वास्थ्यकर्मी रहने गण्डकी मेडिकल कलेजले जनाएको छ । 

गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोग तथा बडिगाड गाउँपालिकाको आयोजनामा हुन लागेको वृहत जनस्वास्थ्य अभियानमा सम्पूर्ण जाँच निशुल्क हुनेछ । जस अनुसार आइतवार भिमगिठे, सोमबार ग्वालीचौर, मंगलवार जलजला र बुधवार खर्वाङमा स्वास्थ्य परीक्षण गरिनेछ ।

त्यस्तै पालिका भित्रका टुनिवोटमा फागुन ७ गते, दर्लिङखोलामा १२ गते, खालामा १३ गते, दाँगमा १४ गते, दगातुन्डाडामा १७ गते, शिसाखानी १८ गते, खारखोलामा १९ गते, झुलेडाँडामा २० गते, रणसिंहकिटेनीमा २२, भेँडिखोरमा २३ गते, दोभानमा २४ गते र ग्वालीचौरमा २५ गते स्वास्थ्य जाँचसहित जनस्वास्थ्य अभियान गर्ने गरि कार्यतालिका बनाइएको जनस्वास्थ्य निरिक्षक कँडेलले जानकारी दिए ।

अभियानमा ४० वर्ष माथिको सवै सेवाग्राहिहरुको किड्नीको जाँच, ४० वर्ष माथिका सवै महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको जाँच, सवै सेवाग्राहीको मधुमेह जाँच गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य शाखाले जनाएको छ । 

त्यस्तै अभियानमै ६० वर्ष माथिका जेष्ठ नागरिकहरुको भेला गरि नसर्ने रोगहरु विरुद्धको सचेतना तथा अभिमुखीकरण कार्यक्रम, सुनौला हजार दिन भित्रका आमाहरुको भेलामा गर्भवतिहरुको भिडियो एक्सरे तथा स्वास्थ्य शिक्षा सञ्चालन गरिने भएको छ । 

त्यस्तै परिवार नियोजनका साधनहरु नरप्लान्ट, कपर टि राख्नेलगायतको काम पनि सो अभियानमा हुने जनाइएको छ । 

टुनिवोटका २५० जनाको स्वास्थ्य परीक्षण

बृहत जनस्वास्थ्य अभियान अन्तरगत बडिगाड गाउँपालिका–७ टुनिवोटमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा २ सय ५० जना विरामीले स्वास्थ्य जाँच गरेका छन्, जसमध्ये १ सय जनाले आँखा जाँच गराएको गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक चुडामणि कंडेलले जानकारी दिए ।

शिविरमा धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रका डा. जनक पाठक, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका डा. रोहित शर्मा, नेत्र रोगका अप्टोमेट्रिष्ट रुद्र खत्रि, धौलागिरि अस्पताल बागलुङका मेडिकल ल्याव टेक्नोलोजिष्ट नारायण प्रसाद कोइराला, भिमगिठे स्वास्थ्य चौकीका सवै स्वास्थ्यर्मीलगायतले स्वास्थ्य जाँच गरेका थिए ।

शिविरमा सय जनालाई चस्मा वितरण गरिएको, सवै विरामीलाई आवश्यक औषधि वितरण गरिएको जनस्वास्थ्य निरिक्षक कंडेलले बताए ।

शिविरमा भिडियो एक्सरे, सुगर, पिसाब, प्रोटिन जाँचलगायत सेवा रहेको र औषधिसहित सवै सेवा निःशुल्क हुने गाउँपालिकाले जनाएको छ ।

त्यस्तै शिविरमै ७० जना ६० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई नसर्ने रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ भने ३५ जना हजार दिनका आमाहरुलाई पनि अभिमुखिकरण तालिम सञ्चालन गरिएको छ । 

आइतवार भिमगिठे स्वास्थ्य चौकीमा हुने वृहत स्वास्थ्य शिविरको लागि गण्डकी मेडिकल कजेल पोखराको विशेषज्ञ डाक्टरहरुको टोली बडिगाड आइपुगेको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्