३० बैशाख २०८१, आइतबार

गर्मीमा घरलाई यसरी बनाउनुहोस कुल

गर्मी बढेसँगै तपाईंलाई आफ्नो ओछ्यान साँघुरो लाग्न थालेको छ । कोठा उकुसमुकस लाग्न थाल्छ । यत्रतत्र छरिएका सामाग्रीहरु, झ्याल(ढोकाको बाक्लो पर्दा, ओछ्यानमा बिच्छ्याइएको गाढा रंगको बेडकभर सबैकुरा पट्यारलाग्दो लाग्छ । किन ?

किनभने गर्मी बढ्यो । वायुमण्डलमा तातो हावा चल्न थाल्यो । यसरी बद्लिएको मौसमसँग घरको साजसज्जा परिवर्तन नगर्दा घर(कोठा बाफिएको झै लाग्न थाल्छ । किनभने जाडो याममा घरलाई न्यानो राख्नका लागि जसरी झ्यालको पर्दादेखि कार्पेटसम्म परिवर्तन गरिएको हुन्छ, त्यसले घरलाई पट्यारलाग्दो बनाइदिन्छ । गर्मी याम सुरु भएसँगै घरको साजसज्जामा थोरै परिवर्तन गरेर सितल एवं खुला अनुभव गर्न सकिन्छ । कसरी गर्ने त साजसज्जामा परिवर्तन ?

काइदा एक

गर्मी बढेसँगै तपाईंले बाग्लो वा न्यानो लुगाफाटो थन्को लगाउनुभएको छ । ति लुगाहरु भित्तामा झुड्याउने, जथाभावी राख्ने नगरौं । जाडो याममा प्रयोग गरिएका लुगाफाटोदेखि ओड्ने(ओछ्याउने, हिटर, कुशनलाई व्यवस्थित ढंगले राख्नुपर्छ ।

यसैगरी अनावश्यक फर्निचर लगायतका सामाग्री पनि थन्को लगाउनुपर्छ । अर्थात घर, कोठा खुला राख्नुपर्छ । जथाभावी राखिएको सामाग्रीलाई व्यवस्थित गर्दा पनि घर खुला देखिन्छ । यसरी खुला भएपछि ताप आवशोषित हुँदैन, जसले गर्दा कोठा गर्मी हुँदैन ।

काइदा दुई

झ्याल खुला राख्नुपर्छ, जसले बाहिरको हावा आउजाउ गर्न सक्छ । हुन त झ्याल खुला राख्दा लामखुट्टे आउने समस्या हुन्छ । त्यसैले झ्यालमा जाली अनिवार्य लगाउनुपर्छ । लामखुट्टे नछिर्ने जाली लगाएपछि झ्याल खुला राखे हुन्छ । बाहिरको हावा आउजाउ भएमा त्यसले पनि घरलाई केही सितल बनाउँछ ।

काइदा तीन

घरभित्र खासगरी भर्‍याङ वा कुनैपनि कुनामा इनडोर प्लान्ट सजाउन सकिन्छ । अहिले बजारमा थरीथरीका इन्डोर प्लान्ट पाइन्छन् । घरको अवस्था हेरेर उपयुक्त एवं सुहाउँदो इनडोर प्लान्ट लगाउन सकिन्छ ।

यसरी व्यवस्थित ढंगले सजाइएको इनडोर प्लान्टले पनि सितलता अनुभव गराउँछ । तर, गल्ती चाहि के गर्नुहुँदैन भने इनडोर प्लान्टको नाममा नक्कली एवं कृतिम प्लान्ट सजाउनु हुँदैन । हेर्दा राम्रो देखिएपनि यसले घर थप साँघुरो बनाउँछ ।

काइदा चार

जाडो महिनामा कोठालाई न्यानो बनाउनका लागि बाक्लो पर्दा लगाइन्छ । अक्सर डार्क करलरको पर्दा, बेडकभर प्रयोग गरिन्छ । गर्मीमा भने यसले कोठालाई भद्दा देखाइदिन्छ ।

त्यसैले गर्मी यामसँगै झ्याल ढोकाको पर्दा, बेडकभर आदि बदल्नुपर्छ । उज्यालो एवं चाकिलो रंगको र कलरफुल पर्दा, बेडकभरले कोठामा सितलता अनुभूत गराउँछ ।

काइदा पाँच

घरबाहिरको वातावरण पनि रुखो एवं सुख्खा होइन, हरियाली देखिनुपर्छ । त्यसैले सुकेका रुख, फूलको बोट आदि हटाउनुपर्छ । फूलबारी, बगैंचा हरियाली देखियोस् ।

यद्यपी अनावश्यक झारले पनि घरको शोभा दिदैन । त्यसैले झारहरु उखेलेर सफा गर्नुपर्छ । पानी जम्ने खाल्डाखुल्डी राख्नु हुँदैन । सफा र छरितो देखिनुपर्छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्