१ जेठ २०८१, मंगलबार

जाडोमा छालालाई स्वस्थ राख्न पिउनुहोस् यो पेयपदार्थ

छाला सुन्दर र चम्किलो बनाउन खानपानमा ध्यान दिन जरुरी छ । ताजा फलफूल, सागसब्जीले छालालाई स्वस्थ राख्न अहम भूमिका निर्वाह गर्ने गर्छ । 

तर, जाडोमा छालासम्बन्धी समस्याहरु पैदा हुने गर्छन् । जाडोमा छालालाई स्वस्थ राख्न विभिन्न उपायहरु अपनाउने गरिन्छ । यसमध्ये केही पेयपदार्थ छन् जसले छालालाई चम्किलो र सुन्दर बनाउन मद्दत गर्छ । ती पेयपदार्थले छाला मात्र होइन सम्पूर्ण शरीरलाई समेत स्वस्थ राख्ने गर्छ । 

जाडोमा छालालाई सुन्दर र चमकदार बनाउन तीन प्रकारका चीजहरु मिसाएर पेयपदार्थ निर्माण गर्न सकिन्छ । यसका लागि टमाटर, धनिया र अदुवाको आवश्यकता पर्छ । टमाटर र अदुवा छालाका लागि निकै फाइदाजनक मानिन्छ । 

कसरी तयार गर्ने ?

एक चम्चा अदुवाको रस, दुई चम्चा धनिया र एउटा टमाटर लिने । सबैलाई मिसाएर पिस्ने । र हरेक बिहान ताजा बनाएर पिउने ।

धनियाँ, टमाटर र अदुवाको मिश्रणले छालालाई ठिक राख्ने र चम्किलो पनि बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । यसले ब्ल्याकहिट्स र ह्वाइटडेट जस्ता छालामा आउने समस्यालाई पनि कम गर्छ ।

अदुवाले छालामा स्किन टोनको राम्रो बनाउन मद्दत गर्छ । यस ताजा पेयपदार्थले अन्य थुप्रै फाइदाहरु पु¥याउँछ । टमाटरमा फोलेट, भिटामिन सी, पोटाशियम, भिटामिन र अन्य तत्वहरु पाइन्छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्