३० बैशाख २०८१, आइतबार

दाँतलाई बलियो र सुरक्षित कसरी राख्ने ?

दातँलाई सुरक्षित र स्वस्थ राख्नको लागि नियमित रुपमा हेरचाह र परीक्षण गर्नु जरुरी हुन्छ । त्यसको साथ साथै दिनको दुईपटक ब्रश गर्नु पर्छ । 

गुलियो खानेकुरा कम खानुपर्छ अथवा खाएपनि मुख कुल्ला गरिहाल्नु पर्छ । दाँत वा मुखको समस्या हुनु भनेको शरिरमा कुनै समस्या हुनु हो । राम्रो चम्किलो र स्वस्थ दाँत हाम्रो अनुहारको सुन्दरतामा थप निखार ल्याउन मद्दत गर्छ । तर दाँतको सहि तरिकाले हेरचाह नगर्दा दाँतमा विभिन्न प्रकारको रोग लाग्न सक्छ र समस्या निम्तिन सक्छ ।

पहेँलो दाँत हुनु, साँस गन्हाउनु, गिँजाको समस्या, क्याभिटि, पाइरिया, पेरियोडाइटिस, जिंजिवाइटिस आदि बिरामी हुन सक्छ । दाँतलाई सुरक्षित राख्नको लागि नियमित रुपमा सरसफाइ गर्नुपर्छ ।

खाना खाइसकेपछी दिनमा दुइपटक ब्रश गर्नुपर्छ । टुथब्रश सानो खालको प्रयोग गर्नुपर्छ । ताकि दाँतको कुना कुनामा सजिलैसंग पुगोस् । विभिन्न प्रकारको सफ्ट डिंग्सको प्रयोगले पनि दाँतलाई हानि पु¥याउन सक्छ । 

त्यसैले यस्ता प्रकारको पेयपर्दाथबाट टाढै बस्नुपर्छ । किनकि यस्ता डिंग्समा अम्लिय पर्दाथ हुन्छ ,जसले दाँतको इनामेलमा भएको खनिजलाई घुलाइदिन्छ र दाँत कमजोर हुन थाल्छ ।

गुलियो खानेकुरा दाँतलाई मात्र नभई स्वास्थ्यको लागि पनि हानिकारक हुन्छ । त्यसैले यसको सेवन कम गर्नुपर्छ । दाँतको माथिल्लो तहमा भएको जीवाणुले गुलियोलाई अम्लमा परिर्वतन गरिदिन्छ त्यसैले गुलियो भएको खानेकुराको प्रयोग सिमित मात्रामा गर्नुपर्छ ।

फलफूलको सेवनले हाम्रो शरिरमा ऊर्जा मिल्छ । रोग लाग्न बाट बच्न सकिन्छ । कुनै फल यस्तो पनि हुन्छ जसको सेवनले दाँतलाई क्याभिटि बाट बचाउन सकिन्छ । स्याउ, गाजर आदिको नियमित सेवनले दाँतलाई फाइदा हुन्छ ।

पानीले हाम्रो शरिरमा भएको बिषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । साथै हाम्रो पाचन प्रक्रिया राम्रो बनाउँछ । यसको साथै दाँतलाई सेतो र चमकदार बनाइ राख्न पनि सहयोग गर्छ । त्यसैले दिनमा ८ देखि १० गिलास पानी पिउनु पर्छ ।

यदि दाँतले बोतलको बिर्को खोल्ने, सुपारि फुटाउने, जस्ता काम गर्नुहुँदैन् । यस्ता काम गर्दा दाँतको क्याप निस्किने या टुट्ने हुन सक्छ ।

दाँतमा कुनै समस्या नआए पनि नियमित रुपमा चेकअप गर्नपर्छ । यदि कुनै समस्या जस्तै : दाँत दुख्ने, गीजाबाट रगत आउने आदि भएमा दाँतको चिकित्सकलाई देखाउनुपर्छ । समस्या नभए पनि ६/६ महिनामा जाँच गराउनुपर्छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्