३१ बैशाख २०८१, सोमबार

औषधीय गुणले भरिपूर्ण करेला

काठमाडौं । करेला तितो हुन्छ । तर औषधीय गुणले भरिपूर्ण हुन्छ । करेला पेटको लागि मात्र नभई छाला र चिनी रोगका लागि पनि फाइदाजनक मानिन्छ । 

करेलामा फोस्फोरस पर्याप्त मात्रा पाइन्छ । जसले कफ, कब्जियत र पाचन प्रणाली सम्बन्धी समस्याबाट बचाउँछ । यदि तपाईंलाई भोक लाग्दैन भने करेलाको सेवन गर्नुहोस् । यसले भोक नलाग्ने समस्याबाट पनि छुटकारा दिन्छ ।

करेलाबाट प्रचुर मात्रामा भिटामिन ए, बी र सी प्राप्त गर्न सकिन्छ।  यसका साथै क्याराटिन, बिटाक्याराटिन, लुटिन, आइरन, जिंक, पोटासियम, म्याग्नेसियम र म्यागनिज जस्ता फ्लावोन्वाइड पनि पाइन्छ । जुन स्वस्थ्य शरीरका लागि निकै आवश्यक छ।  

करेलाले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। करेलाको सेवन मधुमेहका बिरामीका लागि फाइदाजनक मानिन्छ । करेला सेवनबाट हुने विभिन्न फाइदालाई यहाँ प्रस्तुत गरिएको  छः

करेलाको रसले पत्थरीको समस्या हटाउँछ - करेलाको रस सेवनले पत्थरीको समस्याबाट छुट्कारा पाउन मद्दत मिल्छ। ताजा करेलाको रस सेवन गर्नाले पत्थरी बाहिर निस्कने गर्छ । 

ग्याँसको उपचार - करेलाले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ। पाचन प्रणालीलाई सही राख्न मात्र नभई करेलाको सेवन ग्याँस, अपच जस्ता समस्याको समाधान पनि हो ।

कलेजो बलियो बनाउँछ - करेलाको जुसले कलेजोलाई बलियो बनाउँछ। यति मात्र नभई कलेजोको सबै किसिमको समस्याबाट छुटकारा दिन पनि करेलाको भूमिका महत्वपूर्ण मानिन्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ - करेलामा पाइने खनिज र भिटामिनले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। रोगसँग लड्ने क्षमता बलियो हुँदा शरीरमा विभिन्न रोग लाग्ने जोखिम कम भएर जान्छ ।

मधुमेहका बिरामीका लागि फाइदाजनक - रगतलाई सफा गर्नका लागि करेला अमृत समान मानिन्छ । मधुमेहका बिरामीका लागि करेलाले फाइदा दिन्छ । एक चौथाई कप करेलाको रस, यही मात्रामा गाजरको रस मिसाएर पिउँदा स्वास्थ्यका लागि फाइदाजक हुन्छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्