३१ बैशाख २०८१, सोमबार

यी लक्षण देखिएमा जोसुकैलाई हुन सक्छ अल्जाइमर्स

अल्जाइमर्स एउटा स्नायूप्रणालीको अनौठो रोग हो, जसले व्यक्तिको स्मरण शक्ति, उसले देखाउने व्यवहार र गतिविधिमा असर गर्छ । प्रायः ६० वर्षमाथिका मानिसमा देखिने यस रोगबाट विश्वमा बृद्धबद्धा बढी प्रभावित छन् । 

स्मरणशक्ति गुम्नु : यो अल्जाइमर्स भएका व्यक्तिमा देखिने मुख्य लक्षण हो । बिर्सनु आफैमा रोग होइन । तर, अल्जाइमर्सका बिरामीले बारम्बार अर्थात भर्खर भनेका कुरा पनि बिर्सन्छन् । बिरामीले आफ्नै घरको बाथरुमदेखि भर्खरै बोलेको मानिस चिन्दैनन् । 

मुल्यांकनमा कठिनाई : सामान्य अन्दाज गर्न समेत नसक्नु अल्जाइमर्स रोगको अर्को लक्षण हो । 

डिप्रेस र मन परिवर्तन : कुनै व्यक्तिको मुड परिवर्तन भइरहन्छ र प्रायः निराश देखिन्छ भने उसलाई भित्रभित्रै अल्जाइमर्सले गाँजेको हुनुपर्छ । डिप्रेसन अल्जाइमर्स रोगको पूर्व लक्षण हो । 

निर्णय क्षमतामा हस : कसैले निर्णय गर्न सक्दैन् वा मनमा दुविधा मात्र राख्छ भने पनि अल्जाइमर्सको लक्षण हो । 

ध्यान नहुनु : अल्जाइमर्सका विरामीमा नियमित काममा कत्ति पनि ध्यान हुँदैन । उसले यसअघि गरेका काम सबै बिर्सन्छ । उसको सबै दिनचर्या नै खलबलिन्छ । 

बोल्न कठिनाई : अल्जाइमर्सका बिरामीले राम्रोसँग बोल्नै सक्दैनन् । तसर्थ, कसैसँग बोल्दा राम्रोसँग बाक्य बनाउन सकिदैन वा बोल्दा धक लाग्छ भने त्यो पनि अल्जाइमर्सको अर्को लक्षण हो । 

मनमा छटपटी : मन स्थिर नहुनु, छटपटी बढ्नु  एउटै स्थानमा केही वेर पनि बस्नु नसक्नु अल्जाइमर्सका लक्षण हुन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्