३१ बैशाख २०८१, सोमबार

टाउको दुख्दा पेनकिलर होईन, यी घरेलु औषधी खानुहोस !

शारीरिक श्रमको कमी, तनाव, बदलिएको व्यस्त जिन्दगीका कारण मानिसहरुमा टाउको दुखाइको समस्या पछिल्ला दिनहरुमा बढिरहेको चिकित्सकहरुले बताउँछन् । 

यो समस्याका कारण तपाईंको काम प्रभावित त हुन्छ नै वेवास्ता गर्दा ठुला समस्या समेत निम्तिन सक्छन् । हाम्रो बानी के हुन्छ भने टाउको दुख्यो कि पेनकिलरज खाईहाल्ने । अत्याधिक पेनकलिरको प्रयोग स्वास्थ्यको लागि राम्रो होईन् । त्यसैले आज हामी हाम्रै भान्सामा पाइने घरेलु औषधीको प्रयोग गरेर कसरी टाउको दुखेको कम गर्ने भन्ने विषयमा चर्चा गर्दैछौँ ।

– माइग्रेनको उपचारमा पुदिना निकै महत्वपूर्ण मानिन्छ । पुरानो समयमा पनि टाउको दुखाईको उपचारको लागि पुदिना दिने गरिन्थ्यो । यदि तपाईंलाई लगातार टाउको दुखिरहन्छ भने तपाईंले पुदिनलाई चियामा मिसाएर पिउनुहोस । यसले तपाईंलाई तुरुन्त राहत प्रदान गर्नेछ ।

– टाउको दुखाईका लागि ल्वाङ र नुनको पेष्ट एक प्रभावकारी उपचार पद्धती मानिन्छ । ल्वाङको पाउडर र नुनलाई दुधमा मिसाएर पिउनुहोस् । नुनमा हाइग्रस्कापिक गुण पाइन्छ जसले टाउको दुखाईबाट आराम मिल्दछ ।

– दालचिनी पिसेर पाउडर बनाउनुहोस् र यसलाई पानी हालेर बाक्लो पेष्ट बनाउनुहोस् । अब यो पेष्टलाई टाउकोमा लगाउनुहोस् । यसले तपाईंको दुखेर भारी भएको टाउको छिट्टै हल्का हुनेछ ।

– लगातार टाउको दुखिरहन्छ भने एक ग्लास तातो पानीमा कागतीको रस मिसाएर पिउनुहोस् । किनभने धेरैपटक पेटमा ग्याँस बनेका कारण पनि टाउको दुख्ने गर्दछ र कागती पानीले ग्याँसको समस्या हल गर्नुका साथै टाउकोको दुखाई पनि कम गर्दछ ।

– लसुनको रस पिउँदा लगातार दुख्ने तपाईंको टाउकोले राहत महसुस गर्दछ । यसलाई तयार गर्नका लागि लसुनका केही टुक्रा लिनुहोस् र यसलाई निचोरेर रस निकाल्नुहोस् र कम्तीमा पनि एक चम्चा रस पिउनुहोस् । वास्तवमा लसुन एक पेनकिलर पनि हो, यसले टाउको दुख्न कम गराउँछ ।

– धनियाँको पात, जीरा र अदुवा राखेर बनाएको चिया पिउनाले पनि लगातार दुखिरहने तपाईंको टाउको कम हुने गर्दछ । यसलाई बनाउनका लागि थोरै तातो पानी लिनुहोस् र यसमा धनियाँ, जिरा र अदुवा यी तीनथरी हालेर पाँच मिनेटसम्म उमाल्नुहोस् । राम्रो परिणामका लागि यसलाई कम्तीमा पनि दिनको दुई पटक पिउनुहोस् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्